नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरूका लागि ‘कर्पोरेट पे प्रणाली’ सुरूवात गरेको छ। बिहीबार भर्चुअल माध्यबाट गरिएको सो प्रणालीको उद्घाटन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन्।
यस प्रणालीको सुरुवात सँगै अब व्यावसायिक संस्थाहरूले नगद वा चेकको सट्टामा वैकल्पिक च्यानल प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन्।
यस प्रणालीमार्फत अन्तर बैंक र सोही बैंकको फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, सामाजिक सुरक्षा कोषको योगदान भुक्तानी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषको भुक्तानी र अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी गर्न सकिन्छ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका अन्य विशिष्ट अतिथिहरूको सहभागीता थियो।