एनआइसी एशिया बैंकको १९ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।
आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट वितरण गरिएको १९ प्रतिशत बोनस शेयर (१ करोड ८४ लाख ६३ हजार ५ सय ३८ कित्ता) नेप्सेमा गत शुक्रबार सूचीकृत भएको हो।
उक्त बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ रुपैयाँ पुगेको छ।
साथै बोनस शेयर धितोपत्रको दोस्रो बजारमा २०७७/१०/०५ देखि कारोबार गर्न मिल्ने गरी सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गर्ने व्यवस्था मिलाइनेछ।
यो बैंकको हालसम्म ३३९ शाखा कार्यालयहरू, ४७१ एटिएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ।