प्रभु बैंकले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ। संकलित भेटी तथा दक्षिणालाई डिजिटल पविधि मार्फत व्यवस्थापन गर्न क्यूआर कोड हस्तान्तरण गरेको हो।
यो सुविधा सँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसन मार्फत भेटी तथा दान दिन सक्छन्।
नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई बढावा दिने उद्देश्यले सो सेवाको सुरुआत गरिएको हो।
शुक्रबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले क्यू आर कोड हस्तान्तर गरे।