सिटिजन्स बैंकका ग्राहकले एम्बासडरमा छुट पाउने भएका छन्।
होटेल एम्बासडर र सिटिजन्स बैंकबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो सम्झौतापछि सिटिजन्स बैंकका कार्डबाहकहरुले होटेल एम्बासडरको सेवा सुविधामा विशेष छुट पाउने भएका हुन्।
हालसम्म बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन उक्त बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको छ।
यो बैंकको १६७ वटा शाखा, ११३ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग इकाइहरु छन्।