सेयर बजारमा केही दिनयता दिनदिनै नयाँ रेकर्ड बन्न थालेको छ। बजारको परिसूचक नेप्सेले विगत ३ दिनयता नयाँ रेकर्ड बनाउँदै आएको छ।
मंगलबार नेप्से १५.७२ अंकले बढेपछि २६७४ अंक कायम भएको छ। यो अंक हालसम्मकै उच्च हो। यस दिन कुल २१३ कम्पनीको ७ अर्ब ४७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
बैंकिङ समूह १ अंकमुनि रातो रह्यो। ब्यापार ४३२, फाइनान्स ३, निर्जीवन बीमा २८७, अन्य ३ र जीवन बीमा समूह १९१ अंकले घटेका छन्।
होटल तथा पर्यटन २०५, विकास बैंक २९, जलविद्युत ११४, उत्पादन १८३, माइक्रोफाइनान्स ६४ र लगानी समूह २ अंकले बढेका छन्।
यस दिन कमाउनेमा जलविद्युत कम्पनीका लगानीकर्ता अगाडि रहे। ११ कम्पनीका लगानीकर्ताले १० प्रतिशतकाे हाराहारीमा मूल्य कमाएका छन्।
चिलिमे हाइड्रोपावर, युनिभर्सल पावर, युनाइटेड इदिमर्दी हाइड्रोपावर र चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले बढेको छ।
ओमी माइक्रोफाइनान्स, महिला लघुवित्त, एनआइसी एसिया लघुवित्त, सान्जेन जलविद्युत, शिवश्री हाइड्रोपावर, पन्चकन्या माइ हाइड्रोपावर र छ्याङ्दी हाइड्रोपावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ। त्यस्तै रसुवागढीको मूल्य ९.३ प्रतिशतले बढेको छ।
आजको कारोबारपछि चिलिमेको मूल्य ६८२, युनिभर्सलको १६५, युनाइटेड इदीको ३३०, चन्द्रागिरिको २३४४, ओमीको १८२३, महिलाको ८४१, एनआइसी एसिया लघुवित्तको ११६२, सान्जेनको ४८९, शिवश्रीको २३५, पन्चकन्याको २०२ र छ्याङ्दीको मूल्य २२९ रुपैयाँ कायम भएको छ।
यस दिन साल्ट ट्रेडिङका सेयर लगानीकर्ताले सबैभन्दा धेरै मूल्य १० प्रतिशत गुमाए। कम्पनीको मूल्य प्रतिकित्ता १३१० रुपैयाँले घटेको छ। त्यस्तै सानिमा जनरल इन्स्योरेन्सका र अजोडका लगानीकर्ताले ८.७ प्रतिशत मूल्य गुमाएका छन्।