मुक्तिनाथ विकास बैंकले दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो।
बैंकले गरेको आर्थिक सहयोग पानी ट्यांकी संरक्षण गर्न, अनाधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदुषणबाट जोगाउन खानेपानी प्रशोधन केन्द्रमा आवश्यक तारबार गर्न खर्च गर्ने छ।
उपभोक्ता संस्थाले व्यास नगरपालिकाका नगरवासीहरुलाई खानेपानी उपलब्ध गराउँदै आएको छ।