कोभिड–१९ को अवस्थाबाट प्रभावित ग्राहकहरुको सहयोगका लागि मेटलाइफ नेपालले कोभिड केयर सहायता कार्यक्रमको सुरूआत गरेको छ।
जसअन्तर्गत कोभिड–१९ का कारण भएको मृत्यु दाबीमा ३ दिन भित्रै बीमा भुक्तानी सेवा प्रदान गरिनेछ।
बीमा दाबीका लागि आवश्यक कागजातहरु अनलाइननै पेश गर्न सक्ने सुविधा दिइएको छ। बीमितले बीमा दाबी भुक्तानी तोकिएै समय भित्रमा सोझै आफ्नो खातामा पाउनेछन्।
यस कार्यक्रममा कोभिड लक्षण भएका ग्राहकहरुका लागि ३ वटा निदान केन्द्रहरुसँग घरमै आई पिसिआर परिक्षण प्रदान गर्ने सुविधा पनि समावेश गरिएको छ।
साथै, डाँफे केयर मार्फत कोभिड संक्रमित ग्राहक र उनीहरुमा आश्रित परिवारहरुका लागि २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ।
१४ दिने हेरचाह प्रबन्धन कार्यक्रममा भर्चुअल डाक्टरहरुद्वारा परामर्श, चिकित्सा परामर्श, निगरानी तथा कोभिड संक्रमित बिरामीहरुलाई आवश्यक औषधि सहयोग गरिने छ।
यस सुविधाकालागि ग्राहकले केवल ०१–५९७०१६६ मा डायल गरि कलसेन्टरमा सम्पर्क सक्नेछन्।