बुधबार सेयर बजारको परिसूचक नेप्से घटे पनि करिब १ दर्जन कम्पनीका लगानीकर्ताले भने १० प्रतिशत नाफा कमाएका छन्।
नेप्से यस दिन ५ अंकले घटेर २६४९ अंकमा कायम भएको छ। ६ अर्ब २१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
नेप्से घटे पनि ११ कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। १० प्रतिशत मूल्य बढ्ने कम्पनीमा रिडी हाइड्रोपावर, रैराङ हाइड्रोपावर, विशाल बजार कम्पनी, महिला लघुवित्त वित्तीय संस्था, सिंगटी हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, समता घरेलु लघुवित्त, युनियन हाइड्रोपावर, जोशी हाइड्रोपावर, बरुण हाइड्रो र राधी विद्युत छन्।
आशा लघुवित्तको मूल्य भने ३.४ प्रतिशतले घटेको छ। लक्ष्मी लघुवित्त, इनिफिनिटी लघुवित्त र सबैको लघुवित्तको मूल्य पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ।
कारोबारका आधारमा प्रभु इन्स्योरेन्सको संस्थापक सेयर अग्रस्थानमा रह्यो। त्यस्तै एनसिसी बैंक, अपि पावर र जनउत्थान सामुदायिक लघुवित्त टप फाइभमा परे।
यस दिन बैंकिङ ५, होटल ३७, विकास बैंक ३, उत्पादन ६७, अन्य २१, माइक्रोफाइनान्स ३ र जीवन बीमा ५५ अंकले घटेका छन्।
त्यस्तै ब्यापार ९, जलविद्युत ४५, फाइनान्स १० र निर्जीवन बीमा समूह ९ अंकले बढेका छन्।