सोमबार सेयर बजार दिनभरजसो उतारचढाव रह्यो।
प्रिओपनिङमा करिब २२ अंकले बढेर २९२८ अंकमा पुगेको नेप्से ११ बजेपछि भने उतारचढावपूर्ण रह्यो।
उतारचढावकै क्रममा साढे १ बजे न्यूनतम २८९३ अंकसम्म झरेको बजार त्यसपछि सम्हालिँदै बन्द हुँदा १ अंकमुनि रातो रह्यो। ०.२१ अंकले घटेर परिसूचक २९०६ अंकमा कायम भएको छ।
यस दिन १५ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। विकास बैंक र फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै मूल्य कमाएका छन्।
विकास बैंक समूह २६०, जलविद्युत ९१, फाइनान्स १६२, निर्जीवन बीमा ३१, अन्य ५ र जीवन बीमा समूह १६ अंकले बढे।
बैंकिङ ३१, ब्यापार ९२, होटल तथा पर्यटन ४२, माइक्रोफाइनान्स २२ र उत्पादन २१ अंकले घटे।
आइसिएफसी फाइनान्स, पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्सको मूल्य १० प्रतिशतले बढ्यो।
कामना सेवा विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुडविल फाइनान्स, गोर्खा फाइनान्स, गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्स, जानाकी फाइनान्स, मञ्जुश्री फाइनान्स, रिडी हाइड्रोपावर, समृद्धि फाइनान्स, रिलायन्स फाइनान्स, नेसनल हाइड्रो, युनिभर्सल पावर, दिव्यश्वरी हाइड्रोको मूल्य साढे ९ देखि १० प्रतिशतसम्म मूल्य बढ्यो।
लक्ष्मी बैंकको मूल्य सबैभन्दा धेरै साढे ३ प्रतिशतले घट्यो। कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ६२ करोड रुपैयाँ बराबरको कारोबार भयो।