मंगलबार सेयर बजारको परिसूचक नेप्से ५३ अंकले बढेको छ। ५३.४४ अंकले बढेसँगै परिसूचक २९६० अंकमा पुगेको छ।
यो अंक अहिलेसम्मकै उच्च हो। दिनभर १६ अर्ब ९५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस दिन विकास बैंक, फाइनान्स र बीमा कम्पनीका लगानीकर्ताले राम्रो मूल्य कमाएका छन्।
बैंकिङ २०, ब्यापार १९, विकास बैंक ३९८, जलविद्युत ५८, फाइनान्स १८५, निर्जीवन बीमा ५५४, उत्पादन १२९, अन्य ४५ र जीवन बीमा ६६८ अंकले बढे। होटल तथा पर्यटन १६ र माइक्रोफाइनान्स २४ अंकले घटे।
यस दिन ७ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ भने अरु २७ कम्पनीको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ। श्री इन्भेष्टमेन्ट फाइनान्स, गोर्खा फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सांग्रीला डेभलपमेन्ट र जानाकी फाइनान्सको मूल्य १० प्रतिशतले बढ्यो।
ज्योति विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, कर्णाली विकास बैंक, मल्टिपर्पोज फाइनान्स, गुहेश्वरी मर्चेन्ट, महालक्ष्मी विकास, गुडविल फाइनान्स, मञ्जुश्री फाइनान्स, सप्तकोसी विकास, साइन रेसुङ्गा, नेपाल फाइनान्सको मूल्य ९.९ प्रतिशतले बढेको छ।
बरुण हाइड्रो, रसुवागढी, गरिमा विकास, रिडी हाइड्रो, आइसिएफसी फाइनान्स, कामना सेवा, युनिभर्सल पावर, पोखरा फाइनान्स, पन्चकन्या माइ, सेन्ट्रल र रिलायन्स फाइनान्सको मूल्य ९. ८ प्रतिशतले बढ्यो।
यस दिन छिमेक लघुवित्तको संस्थापक समूहका सेयरधनीले सबैभन्दा धेरै ७.५ प्रतिशत गुमाए। मेरो माइक्रोफाइनान्सको मूल्य २.८ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको १ अर्बको कारोबार भयो। रसुवागढीको ४७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो।
यसैबीच सिइडिबी हाइड्रोपावरको सेयर बजारमा सूचीकृत भएको छ।