हिमालयन बैंकका ग्राहकले दराजबाट सामान किन्दा १५ प्रतिशत छुट पाउने भएका छन्। छुट सुविधाको लागि बैंक र इ–कमर्श साइट दराज बिच सम्झौता भएको छ।
सम्झौता अनुरूप बैंकका ग्राहकहरुले दराजबाट बिहीबारका दिन आफ्नो क्रेडिट वा प्रिपेड कार्डबाट अग्रिम भुक्तानी गरी कुनै पनि सामानहरु खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५ सयसम्म छुट पाउन सक्नेछन्।
दराजको बैंक डे अफर अन्तर्गत बैंकले आफ्ना ग्राहकहरुको सुविधाको लागि प्रत्येक बिहीबार छुट दिने व्यवस्था गरेको छ।
हाल बैंकले ७१ वटा शाखा, ५ हजार बढी पस टर्मिनल, ६ सय बढी इ कमर्श मर्चेन्ट तथा १ सय ४२ बढी एटिएम मेशिनहरुबाट सेवा दिंदै आएको छ।