सोमबार सेयर बजारको परिसूचक नेप्से ५ अंकले बढेको छ। सो अंकको वृद्धिसँगै नेप्से २८७५ अंकमा कायम भएको छ।
यस दिन २१९ कम्पनीको ७ अर्ब ७२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। हिजोको तुलनामा कारोबारमा सामान्य सुधार देखिएको हो।
बैंकिङ ६, होटल तथा पर्यटन २०, माइक्रोफाइनान्स १११, जीवन बीमा १४ र लगानी समूह २ अंकले बढेका छन्। ब्यापार ३२, विकास बैंक ७०, जलविद्युत ६५, फाइनान्स ५६, निर्जीवन बीमा ३७, उत्पादन १२ र अन्य समूह ४ अंकले घटे।
यस दिन धेरै मूल्य कमाउनेमा माइक्रोफाइनान्सकै लगानीकर्ता अगाडि रहे। सबैको लघुवित्त र सिभिल लघुवित्तको मूल्य ८ प्रतिशतले बढ्यो।
त्यस्तै जलविद्युत लगानी तथा विकास कम्पनीको मूल्य ७ प्रतिशतले बढ्यो। सामुदायिक लघुवित्त, मिथिला लघुवित्त, आशा लघुवित्त, आरम्भ चौतारी लघुवित्तको मूल्य ५ प्रतिशतको हाराहारीमा बढेको छ।
यस दिन बेष्ट फाइनान्सको मूल्य ५ प्रतिशतले घटेको छ। रिलायन्स फाइनान्सको मूल्य पनि करिब ५ प्रतिशतले नै घट्यो।
कारोबारका आधारमा माथिल्लो तामाकोसी अग्रस्थानमा रह्यो। सो कम्पनीको ६६ करोडको कारोबार हुँदा मूल्य साढे ३ प्रतिशतले घटेर प्रतिकित्ता ७९० रुपैयाँ कायम भएको छ।
नेपाल इन्स्योरेन्स र राधि विद्युतको ५२ करोड रुपैयाँ बराबरको कारोबार भयो। भने एनआइसी एसिया बैंकको ५० करोडको कारोबार भयो।