माछापुच्छ्रे बैंकको १६१औं शाखा सिराहा जिल्लामा सञ्चालनमा आएको छ।
बैंकले सदरमुकाम सिराहा बजारमा सञ्चालनमा ल्याइएको शाखा कार्यालयको उद्धघाटन बुधबार गरेको हो। उक्त शाखा कार्यालयको उद्धघाटन अध्यक्ष डा. बिरेन्द प्रसाद महतो एंव सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त रुपमा उद्धघाटन गरे।
सिराहा जिल्लामा बैंकको ६ वटा शाखा सञ्चालनमा छ।
यो बैंकको १६१ शाखासँगै १६५ शाखारहित बैकिङ्ग सेवा, २०० बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर संचालनमा छन्।