सामाजिक सुरक्षा कोषको विरोधमा एनआइसी एशिया बैंकका कर्मचारी आन्दोलित भएका छन्।
सरकारले बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई असार मसान्तभित्रै कोषमा आबद्ध हुन पत्र काटेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
विभिन्न १४ बुँदे माग राखेर उनीहरुले शुक्रबार कार्यालय अगाडि ब्यानर र हातमा कालो पट्टी बाधेर विरोध प्रर्दशन गरेका थिए।
माग सम्बोधन नभएसम्म अन्दोलन तथा विरोधका कार्यक्रम निरन्तर रहने कर्मचारीको भनाइ छ।
कोषले बैंकलाई अनिवार्य कोषमा आउन भनेपछि विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारी गत मंगलबारदेखि नै आन्दोलित छन्।
यसअघि देखि नै उनीहरुले कोषविरुद्ध असहमति जनाउँदै आएका थिए। तर, कोषले यसलाई बाध्यकारी बनाएपछि आन्दोलनमै उत्रिनु परेको उनीहरुको भनाइ छ। बैंकरहरुले असहमतिका बुँदाहरु नेपाल राष्ट्र बैंक र कोषलाई समेत बुझाइसकेका छन्।