सेयर बजारमा आइतबार ८ अंकको गिरावट आएको छ। ८.४ अंकले घटेर परिसूचक २८३४ अंकमा कायम भएको छ।
यस दिन कारोबार रकम जम्मा ५ अर्ब ५ करोडमा खुम्चिएको छ। बजारको पुँजीकरण ३९ खर्ब ३७ अर्ब कायम भएको छ।
समूहगत रुपमा हेर्दा होटल तथा पर्यटन ८६ अंकले बढ्यो भने अन्य समूह १५ अंकले बढ्यो।
बैंकिङ ७, ब्यापार १७, विकास बैंक ४५, जलविद्युत ३, फाइनान्स ३९, निर्जीवन बीमा ११९, उत्पादन २४, माइक्रोफाइनान्स २५, जीवन बीमा समूह ४४ अंकले घटेका छन्।
गुडविल फाइनान्स डिवेन्चरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। त्यस्तै ओरेन्टल होटल र सिइडिबी हाइड्रोको मूल्य क्रमशः ८ र ७ प्रतिशतले बढ्यो। नेपाल इन्स्योरेन्सको सबैभन्दा धेरै २१ करोडको सेयर किनबेच हुँदा टेलिकमको १९ करोडको कारोबार भयो। त्यस्तै माथिल्लो तामाकोसीको १६ करोडको कारोबार भयो।
माछापुच्छ्रे र सिद्धार्थ बैंकका डिवेन्चरको मूल्य ५ प्रतिशतले घट्यो। त्यस्तै पोखरा फाइनानसको मूल्य ४ प्रतिशतले घट्यो।