ज्योति विकास बैंक र नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (एनएटिटिए) बीच सम्झौता भएको छ।
सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका तर्फबाट एनएटिटिएका अध्यक्ष अच्युत गुरागाईले सम्झौतापत्रमा हस्ताक्षर गरे।
सो संस्थामा आवद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा सम्झौता भएको हो।
सम्झौता अनुसार विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तिय सेवाहरु प्रदान गर्नेछ।
बैंकले एनएटिटिएअन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्नेछ। उक्त सेवा सहजै सुचारु गरी व्यवसायमा लागू गर्न पनि सहगाउने बताइएको छ।
बैङले टूर एण्ड ट्राभल एजेन्ट्ससँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याउने भएको छ।
यो बैङको हाल १०५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर तथा ६२ वटा एटिएम छन्।