यो साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ११.३ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २८८३ अंकमा पुगेको छ।
यस दिन कारोबार रकम भने बढेको छ। हिजो ५ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ८ अर्ब १४ करोडको कारोबार भयो।
यस दिन बैंकिङ ६, ब्यापार २८, जलविद्युत ५६, फाइनान्स ४७, निर्जीवन बीमा ३६ र माइक्रोफाइनान्स समूह ४५ अंकले बढे। होटल तथा पर्यटन ५०, विकास बैंक १३, उत्पादन ५, अन्य ७ र जीवन बीमा समूह ४३ अंकले घटेका छन्।
यस दिन ङादी ग्रुपको मूल्य सबैभन्दा धेरै ९.४ प्रतिशतले बढेको छ। रैराङ हाइड्रोको मूल्य ८.९ प्रतिशतले बढ्यो। त्यस्तै गणपती माइक्रोफाइनान्स र मञ्जुश्री फाइनान्सको मूल्य ७.८ तथा लिवर्टी इनर्जीको मूल्य ७ प्रतिशतले बढेको छ। गोर्खा फाइनान्सको ५.९, युनाइटेड मोदीको ५.५, नेपाल हाइड्रो डेभलपर्सको ५.३ प्रतिशतले बढेको छ।
घटेका कम्पनीको मूल्य गिरावटदर ३ प्रतिशत मुनि रह्यो। सिभिल लघुवित्त, ओरियन्टल होटल, सोल्टी होटल र युनिलिभर नेपालको मूल्य २ प्रतिशतभन्दा धेरैले घट्यो।
कारोबारका आधारमा गोर्खा फाइनान्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ३६ करोड रुपैयाँको कारोबार हुँदा दोस्रोमा रहेको एनआइसी एसिया बैंकको ३३ करोडको सेयर किनबेच भयो।