एनएमबि बैंकको सरल कर्जा ‘एनएमबि सापटी’ सेवा लिने ग्राहकको संख्या एक हजार पुगेका छन्।
जसअन्तर्गत ६ करोड बढी कर्जा प्रवाह भइसकेको बैंकले बताएको छ। कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया डिजिटल रूपमै गर्न सकिने प्रावधान छ। यो सेवा बैंक नगएरै मोबाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेटभित्र नै प्राप्त गर्न सकिन्छ।
नेपालमा १ करोड बढी बचत खाता रहेको छ, जसमा लगभग १६ लाख ग्राहकले मात्र कर्जा सुविधा लिएका छन्।
एनएमबि बैंकमा तलव खाता हुने र व्यक्तिगत कर्जा भएका ग्राहकलाई २४ महिनासम्मको लचिलो अवधि सहित क्रमशः १ लाख र २ लाखसम्म सातै दिन कर्जा तुरुन्त दिदैँ आएको छ।
ग्राहकहरुले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आदि आफ्नो सहजताको आधारमा छनौट गर्न सक्नेछन्।