कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ।
एक औपचारिक कार्यक्रमबीच बेलका नगर प्रमुख दुर्गा कुमार थापा र उपप्रमुख राज कुमारी चौधरीलाई बैंकको बेलका शाखाले चेक हस्तान्तरण गरेको हो।
३ वर्षदेखि सेवा सञ्चालन गर्दै आएको बैंकले सामाजिक उतरदायित्व अन्तरगत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको बेलका शाखा प्रमुख अमित झाले जानकारी दिए।
बेलका नगर प्रमुख दुर्गा कुमार थापाले कुमारी बैंक बेलका शाखालाई धन्यवाद दिँदै आगामी दिनमासमेत सहयोगको अपेक्षा राखेको बताए।
बैंकले देशभर रहेका १९४ शाखा सञ्जाल, १६५ एटिएम, १३ एक्टेनशन काउन्टरलगायत २८ वटा शाखारहित इकाई मार्फत अत्याधुनिक बैंकिङ सेवा दिइरहेको छ।