ग्राहकहरुलाई नयाँ र अत्याधुनिक सेवा सुविधा दिँदै आएको सनराइज बैंकले भदौ महिनामा नारी विशेष योजना ल्याएको छ।
योजना अन्तर्गत बैंकले ग्राहकहरुको लागि भदौ महिनाभरि विभिन्न सेवाहरु निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको व्यवस्था गरेको छ।
भदौ महिनाभरि नारी बचत खाता खोल्ने महिलाहरुलाई नारी बचत खातामा आकर्षक ब्याजका साथै विभिन्न पाँच वटा सेवाहरु निःशुल्क दिइने बैंकले बताएको छ।
पहिलो वर्षको लागि निःशुल्क दिइने सेवामा डिम्याट, मेरो शेयर, डेबिट कार्ड, क्रेडिट कार्ड तथा लकर सेवा छन्।
साथै बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भदौ महिनाभरि अनलाइन खाता खोल्ने सम्पूर्ण नारीहरुलाई पहिलो कारोबार गर्दा २५ प्रतिशत वा ३ सय रुपैयाँसम्मको छुट समेत प्रदान गर्ने बैंकले जनाएको छ।
साथै सनराइज नारी बचत खाता हुने सम्पूर्ण ग्राहकहरुलार्ई भदौ महिनाभरि कर्जा लिँदा प्रशासनिक शुल्कमा ०.२५ प्रतिशतसम्मकोे छुट दिने समेत बैंकले जानकारी दिएको छ।
नारीहरु अझ अगाडि बढ्न सहयोग पुगोस् भनेर बैंकले खाता खोल्ने देखि आधुनिक सेवा उपयोग गर्ने सम्मका विभिन्न सुविधाहरु निःशुल्क दिने व्यवस्था गरेको हो।
सेयर बजारमा नारीहरुको संलग्नता बढ्दै गएको हालको अवस्थामा बैंकले योजना अन्तर्गत प्रदान गरिएको निःशुल्क डिम्याट र मेरो शेयरले नारीहरुमा सेयर कारोबार प्रति प्रोत्साहन गर्नेमा बैंक विश्वस्त छ।