आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र जावलाखेलस्थित मेडी क्वेस्ट् ल्याबरोटोरीबीच सम्झौता भएको छ।
कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनी बज्राचार्य र मेडी क्वेस्ट् ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता पत्र अनुसार मेडी क्वेस्ट् ल्याबरोटोरीका विभिन्न स्वास्थ्य उपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गदा २० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।
बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट सुविधा दिँदै आएकोे छ।