एभरेष्ट बैंकले शाखा विस्तार गरेको छ। बिहीबार बुढानिलकण्ठस्थित १०५ औँ शाखा उद्घाटन गरिएको हो।
एभरेष्ट बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिका वडा न.३ का वडाध्यक्ष.बाल कृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
शाखामार्फत त्यहाँका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने बैंकले जानकारी दिएको छ।
बैंकमा हाल करिब १२ लाख ग्राहकहरु छन्। बैंकले देशभर १०५ शाखा तथा १३७ एटिएममार्फत सेवा दिँदै आएको छ।