ज्योति विकास बैंकद्वारा वीरेन्द्रनगर सुर्खेत, पिपल चौतारास्थित श्री जन नमूना माध्यमिक विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको विकास प्रवर्द्धन कोषले समुदायमा व्यवस्थित पिउने पानीको धारा निर्माण र व्यवस्थापनका लागी आर्थिक सहयोग गरेको हो।
सो कामका लागि बैंकले श्री जन नमूना माध्यमिक विद्यालयलाई एक कार्यक्रम मार्फत एक लाख पचास हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ।
विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकको सुर्खेत शाखाका शाखा प्रबन्धक जीवन जोशी, श्री जन नमूना माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद कोइराला, प्रध्यानाध्यापक यामबहादुर श्रेष्ठ र वीरेन्द्रनगर वडा नं ६ का वडा अध्यक्ष मोती प्रसाद कंडेलको उपस्थिति रहेको थियो।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा दिइरहेको छ।