राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्द्धक रहेको आरवीवी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना 'आरविवि म्युचुअल फण्ड-१' नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।
प्रति इकाई १० रुपैयाँका दरले एक अर्ब पच्चिस करोड रुपैयाँ नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो।
सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्जका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरवीवी मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।
म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत प्रतिशत लगानी रहेको सहायक कम्पनी आरवीवी मर्चेन्ट बैंकिङ रहेको छ।