मेगा बैंक नेपाल लिमिटेडले धादिङका साना किसान तथा लघु उद्यमीहरुलाई कृषि तथा लघु उद्यमी कर्जा प्रदान गर्ने भएको छ।
मेगा बैंक नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका, मेगा क्यापिटल मार्केटस लिमिटेड र धादिङ उद्योग वाणिज्य संघबीच यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार, त्रिपुरासुन्दरी गाउँपालिकाका साना किसान तथा लघु उद्यमी, व्यवसायीहरुलाई कृषि तथा लघु व्यवसाय स्थापना तथा सञ्चालनका लागि मेगा बैंकले धादिङस्थित शाखा कार्यालयवाट सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ।
त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष शम्भु कुमार थापाले मेगा बैंकले महिला तथा विपन्न वर्गका समुदायलाई प्राथमिकताका साथ कृषि, लघु तथा साना कर्जा प्रवाह गर्दै आएकोले आफूहरुले सहकार्य गरेको बताए।