मेगा बैंक नेपाल लिमिटेडका ग्राहकलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ।
मेगा बैंक नेपाल लिमिटेड र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो।
सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने एम्बुलेन्स सेवा निःशुल्क पाउनेछन्।
आइसियू, एचसीयू, भेन्टिलेटर र औषधी खरिद गर्दा भने १० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ।
यसैगरी, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई शल्यक्रिया गर्नुपरेमा विशेष छुट र कोभिडको पीसीआर परीक्षणमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ।
मेगा बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर यस अघिनै काठमाडौं उपत्यका लगायत देशका विभिन्न अस्पतालहरुसँगको सहकार्यमा छुटको व्यवस्था गर्दै आएको छ।