एनएमबि बैकले मुद्धती निक्षेपमा उच्च ब्याज प्रदान गर्ने भएको छ।
नयाँ योजनाअन्तर्गत बैंकले सर्वसाधारणका लागि मुद्धतीमा ९.५२ प्रतिशत वार्षिक ब्याज (०.५ प्रतिशत प्रिमियम सहित) प्रदान गर्ने भएको हो।
बैंकमा खाता नभएका व्यक्तिले भिडियो केवाइसी (भिकेवाइसी), पाँच मिनेटमै खाता खोली कारोबार गर्न सक्ने बैंकले बताएको छ।
भिडियो प्रविधिमार्फत विश्वका जुनसुकै कुनामा रहेका ग्राहकले कारोबार गर्न सक्नेछन्। भिवाइकेसीका लागि यो डिजिटल लिंक प्रयोग गर्न सकिन्छः https://vcc.nmb.com.np
बैंकले १८१ शाखा, १३७ एटिएम तथा नौ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।