साताको तेस्रो दिन मंगलबार सेयर बजार नेप्से परिसूचक ३७ दशमलव १८ अंकले घटेको छ। आज परिसूचक ३७ अकले घटेर २,५३० दशमलव ९० को विन्दुमा झरेको हो। २६ वटा कम्पनीको सेयर मुल्य बढेको छ भने १६० वटा कम्पनीको सेयर मूल्य घटेको छ।
दिनभरिमा २३१ वटा कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
यस दिन १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज व्यापार र म्युचुअल फण्ड उपसमूहको परिसूचक ० दशमलव ८२ प्रतिशत बढेको छ।
उपसमूहमध्ये आज वित्त उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ८६ प्रतिशत घटेको छ। त्यसैगरी, विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको कारोबार भएको छ। बैंकको १२ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै,महालक्ष्मी विकास बैंकको ११ करोड ८६ लाख, आइसीएफसी फाइनान्स कम्पनीको ११ करोड र अपि पावर कम्पनीको १० करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ।
सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्ड दुईका इकाईधनीले कमाएका छन् भने आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।