आज साताको पहिलो दिन सेयर बजार घटेको छ। आइतबार सेयर बजारको परिसूचक १०.८३ अंकले घटेर २९२०.५१ पुगेको हो।
दिनभरमा २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार २७७ सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ५लाख ८ हजार २६२ रुपैयाँको कारोबार भएको छ।
त्यस्तै, कारोबार भएका कुल कम्पनीमध्ये १३८ कम्पनीको मूल्य घटेको छ भने जम्मा ४६ कम्पनीको मूल्य बढेको छ। बाँकी ७ कम्पनीको मूल्य स्थिर छ। आज कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिएको छ।
आज विन नेपाल लगुवित्तीय कम्पनीको सेयर १० प्रतिशत बढेको छ। बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनीको मूल्य ९ं.९८ प्रतिशत र मैलुङ खोला जलविद्युतको मूल्य ९.७३ प्रतिशतले बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज एनटिसीको सबै भन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ३२ करोड १४ लाख ५३ हजार ४२८ रुपैयाँ २० पैसाको कारोबार भएको हो।
यसपछि अपी पावर कम्पनीको १९ करोड १ लाख ७८ हजार ८८१ रुपैयाँ ८० पैसा, एनआइसी बैंकको १७ करोड ५२ लाख ६३ हजार १९६ रुपैयाँ ५० पैसा, शेखर इन्स्योरेन्स कम्पनीको १७ करोड ४७ लाख ७६ हजार ३३६ रुपैयाँ ८० पैसा गोल्बोल आइएमई बैंकको १६ करोड ९६ लाख ९ हजार ७९३ रुपैयाँ ३० पैसाको कारोबार भएको छ।