एनएमबी बैंकले प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’ सुरुवातको घोषणा गरेको छ। यो योजना २०७९ वैशाख २ देखि असार ३२ सम्म लागू हुनेछ।
बैंकले प्रदेश १ को लागि पाथिभारा व्यवसायिक कृषि कर्जा, मधेश प्रदेसको लागि मधेश व्यवसायिक कृषि कर्जा, बागमती प्रदेशको लागि स्मार्ट कृषि कर्जा, गण्डकी प्रदेशको लागि गण्डकी व्य्वसायिक कृषि कर्जा, लुम्बिनी प्रदेसको लागि बुद्धभूमि व्यवसायिक कृषि कर्जा, कर्णाली प्रदेशको लागि कर्णाली व्यवसायिक कृषि कर्जा र सुदूर-पश्चिम प्रदेशको लागि सुदूर-पश्चिम व्यवसायिक कृषि कर्जा योजना ल्याएको छ।
यस कर्जा योजना अन्तर्गत बैंकले स्थानीय कृषि उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले सहज प्रक्रिया, सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा सहुलियत, डेबिट कार्डमा सहुलियत, बिमा तथा क्रेडिट कार्ड सुविधा थपेको छ।
ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यको रूपमा बैंकले कृषि क्षेत्रमा जाने कर्जालाई प्राथमिकता दिँदै आइरहेको छ र यो दिगो व्यवसायका लागि बैंकको रणनीतिक स्तम्भहरू मध्ये एक हो।
दिर्घकालीन रणनीतिक उद्देश्य अनुरूप कृषिलाई केन्द्रमा राखेर बैंकले समय-समयमा यस्ता योजनाहरू सार्वजनिक गर्दैछ।
बैंकले हाल देशभरी २०१ शाखाहरू, १३९ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दैछ।