एनआइसी एशिया बैंकले अनलाइन मार्फत बचत खाता खोल्ने ग्राहक्रहरूलाई विभिन्न ई(कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा पाँच हजार रुपैयाँसम्म छुट उपलब्ध हुने योजना ल्याएको छ।
उक्त योजनाअनुसार दराज, ग्यापू, सस्तोडिल, भोजमान्डु, फुड बाइट, युजी बजार, खानपिन जस्ता ई(कमर्सहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा एवं ट्याक्सीमान्डु, यति एयरलाइन्स, सोनी एलआइभी र अल्ट बालाजीका अनलाइन प्लेटफर्म मार्फत विभिन्न सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा एनआइसी एशिया मोबैंक मार्फत अनलाइन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त हुनेछ।
यसका लागि ग्राहकहरूले बैंकको वेबसाइटबाट अनलाइन खाता खोलेर उक्त खाता पूर्ण रुपमा सुचारू भएपश्चात् बैंकले उक्त ग्राहकलाई एसएमएस वा इमेल मार्फत माथि उल्लेखित मर्चेन्टहरू द्वारा प्रदान गरिएको प्रोमो कोड वा छुटको लिंक पठाउने व्यवस्था गरेको छ। बैंकले पठाएको प्रोमो कोड वा छुटको लिंक प्रयोग गरी आकर्षक छुट प्राप्त गर्न सकिन्छ।
यो योजना २०७९ असार मसान्तसम्म लागू हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच बैंकले डिजिटल कारोबारलाई प्रवर्धन गर्नका निमित्त आकर्षक छुट व्यवस्था गरेको हो।
बैंकले हाल मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर र ८१ वटा शाखा रहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दैछ।