नबिल दिगो बैंकिडले बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा नबिल बैंकका सञ्चालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनपर्ने कुरालाई जोड दिँदै नबिल बैंकले कृषि तथा महिला उद्यमशीलतलाई मध्यनजर गर्दै सबैलाई समेट्ने गरी अगाडी बढ्न चाहेको बताइन्।
नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले कार्यक्रममा बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरताको बारेमा बताए। अन्तर्कियाको दौरान स्थानीय किसान, युवा तथा महिला उद्यमीहरूले उठाएको जिज्ञासा तथा सुझावहरूको समेत सम्बोधन गरिएको थियो।
उक्त कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गत प्रदेश सरकार, भूमी व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, बाग्लुङ र नबिल बैंकबीच पारस्परिक साझेदारीमा वित्तीय साक्षरता, वित्तीय पहुँच र उद्यमशीलता विकास गर्न सहकार्य गरी कृषिजन्य बाली वस्तु उत्पादन तथा प्रवर्धन, कृषि बजार विकास सहित व्यवसायिक कृषि उत्पादनको वृद्धि गरी रोजगारी सिर्जना गर्न सहयोग गर्न सम्झौता भएको छ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट गण्डकी प्रदेशका प्रमुख सूर्य बहादुर रोका र कृषि ज्ञान केन्द्र, बाग्लुङ तर्फबाट कार्यालय प्रमुख भानुभक्त भट्टराईले हस्ताक्षर गरेका छन्। कार्यक्रममा बैंक सेवा उत्कृष्टता प्रमुख प्रभावती सिंह विष्ट, बैंकको बाग्लुङ शाखा प्रबन्धक सुदर्शन कुमार अर्याल रिचर्डको पनि उपस्थिती थियो।
नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो। यो कार्यक्रम तथा कृषि ज्ञान केन्द्रको सम्झौता मार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरूलाई अझ बढी लक्षित वर्गमा पुऱ्याउन सहयोग गर्ने आशा बैंकले लिएको छ।