बुधबार सेयर बजार ५.१७ अंकले बढेर २,३७६.१७ विन्दुमा पुगेको छ। अघिल्लो दिन नेप्से १५.०२ अंकले घटेर २,३७०.९९ विन्दुमा पुगेको थियो।
आज २२८ किसिमका धितोपत्र तथा ऋण कारोबार हुँदा २८ लाख ८५ हजार ३९ सेयर किनबेच भएको छ। कारोबार रकम भने एक अर्ब ८ करोड ९९ लाख ९२ हजार रुपैयाँको भएको छ। मंगलबार भने २२८ किसिमका धितोपत्र तथा ऋण कारोबार हुँदा ३४ लाख १९ हजार २२८ सेयर किनबेच भएको थियो।
कुल २२८ किसिमका धितोपत्र तथा ऋण कारोबार हुँदा जम्मा ११२ वटाको मूल्य बढेको छ भने ९३ वटाको मूल्य घटेको छ। आज कारोबारमा आएका १३ उपसमूहमध्ये ९ वटाको सूचक सकारात्मक देखिएको छ भने बाँकीको नकारात्मक खिएको छ। बुधबार होडल एन्ड टुरिजमको १.१९ प्रतिशत र विकास बैंकको १.८२ प्रतिशतले मूल्य बढेको हो।
आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले बढेको छ। अघिल्लो दिन लघुवित्तको सेयर ९.९९ प्रतिशतले बढेको थियो। नेपाल फाइन्यास लिमिटेडको भने ६.८२ र राधि विद्युत कम्पनीको ५.५२ प्रतिशतले बढेको छ। यसबाहेक अन्यको ५ प्रतिशतभन्दा कमले मात्रै सेयर मूल्य बढेको छ।
आज सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको सेयर घटेको छ। कम्पनीको ३.८८ प्रतिशतले घटेको हो।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै रकमको कारोबार भएको कम्पनीमध्ये अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी, नेपाल फाइन्यान्स कम्पनी, नबिल बैंक, एनआइसी एशिया बैंक लगायत हुन्। बुधबार अरुण भ्याली हाइड्रो पावरको मात्रै ५ करोड २१ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ८० लाख, नेपाल फाइन्यान्स कम्पनीको ३ करोड ३६ लाख, नबिल बैंकको ३ करोड २६ लाख, एनआइसी एशिया बैंकको २ करोड ८८ लाख रुपैयाँको कारोबार भएको हो।