चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि चन्द्रागिरी हिल्स नाफामा जान सकेन। तर कम्पनीको नोक्सानको दर भने घट्दै गएको छ।
कम्पनीको तेस्रो त्रैमासमा खुद घाटा २ करोड ९४ लाख रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७७/०७८ को सोही समयमा भने १८ करोड ११ लाख रुपैयाँको घाटामा थियो। यसको जगेडा तथा संञ्चित कोष भने घाटामै छ। उक्त कोष ४४ करोड ९४ लाख घाटामा छ।
यो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानी ४२ करोड ३ लाख रुपैयाँ छ। कम्पनीको आम्दानी साढे २ गुणाले बढेको हो। यस अघि सोही अवधिमा सञ्चालनबाट १७ करोड ४२ लाख रुपैयाँ कमाएको थियो। बिक्री लागत घटाउँदा कम्पनीको कुल संकलन आय ३४ करोड ६० लाख रुपैयाँ पुगेको छ।
यो त्रैमासमा कम्पनीको कुल खर्च १२ करोड ९ लाख रुपैयाँ पुगेको छ। यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा ३ करोड ८५ लाख रुपैयाँ कम हो। आव २०७७/०७८ मा कुल ८ करोड २३ लाख रुपैयाँ खर्च भएको थियो।
चन्द्रागिरी हिल्सको कुल सम्पति भने ३ अर्ब ५८ करोड १७ लाख रुपैयाँ छ। कम्पनीले निर्माण लगायतका विभिन्न काममा दुई करोड ५८ लाख बराबरको रकम लगानी गरिरहेको छ। यस्तो निर्माणपछि कम्पनीको आम्दानी थप बढ्न सक्ने हुन्छ।
कम्पनीसँग अझै दुई अर्ब ३८ करोड रुपैयाँ दीर्घकालिन ऋण दायित्व छ। कम्पनीको चुक्ता पुँजी भने एक अर्ब ५३ करोड ४० लाख छ।