सोमबार सेयर बजार घटेको छ। आज नेप्से परिसूचक ४८.७३ अंकले घटेर २,३०७.४४ विन्दुमा पुगेको हो।
मजदुर दिवसको अवसरमा अघिल्लो दिन सार्वजनिक बिदा घोषणा भएका कारण सेयर बजार पनि बन्द थियो। यो साता कारोबारको लागि आज पहिलो दिन हो। अघिल्लो साता कारोबारको लागि अन्तिम दिन बिहीबार समेत बजार २० अंकले घटेको थियो।
आज २२८ किसिमका धितोपत्र तथा ऋणपत्र कारोबार हुँदा ३९ लाख ७४ हजार ७९ सेयर किनबेच भएको छ। कारोबार रकम भने एक अर्ब ४२ करोड ३४ लाख ९८ हजार रुपैयाँको भएको छ।
कुल २२८ किसिमका धितोपत्र तथा ऋणपत्र कारोबार हुँदा जम्मा १७ वटाको मूल्य बढेको छ भने २०२ वटाको मूल्य घटेको छ। आज कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको सूचक नकारात्मक देखिएको छ।
आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले बढेको छ। कम्पनीको मूल्यमा लगातार वृद्धि भइरहेको छ।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै रकमको कारोबार भएको कम्पनीमध्ये अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी लिमिटेड, शिवम् सिमेन्ट, नेपाल फाइनान्स, युनिअन हाइड्रोपावर लगायत हुन्।
सोमबार अरुण भ्याली हाइड्रोपावरको ४ करोड ७३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड २८ लाख रुपैयाँ, शिवम् सिमेन्टको ४ करोड २५ लाख रुपैयाँ, नेपाल फाइनान्सको ४ करोड ५ लाख रुपैयाँको कारोबार भएको हो।