नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंमा अन्तर्राष्ट्रिय बीमा प्रशिक्षकमार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा देशभरका एक हजार तीन सय ४५ सक्रिय अभिकर्ताहरुको सहभागीता थियो।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल लाइफका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीका अभिकर्ताहरुले कम्पनीलाई सर्वाधिक विश्वासिलो बनाउन मुख्य भूमिका निभाएको बताए।
उनले अभिकर्ताहरुको क्षमता अभिबृद्धि, उत्प्रेरणा जगाउन तथा व्यवसाय बृद्धि गर्न बीमा क्षेत्रका विज्ञसँग मोटिभेसनल सेसन गरेको र आगामी दिनमा पनि यस्ता प्रशिक्षणहरुलाई निरन्तरता दिने बताए।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी आठ अर्ब २१ करोड छ। लगानी १३८ अर्ब ८२ करोड रुपैयाँ छ। त्यस्तै, कम्पनीको जीवन बीमा कोष १२४ अर्ब ८४ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ६७ करोडभन्दा बढी रहेको कम्पनीले बताएको छ। हाल २ लाख ३ हजार भन्दा बढीप्रशिक्षित अभिकर्ता रहेको उल्लेख गरिएको छ।