किसान लघुवित्त वित्तीय संस्थाले यस अघि दिने भनेको लाभांसमा संसोधन गरेको छ।
२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव राष्ट्र बैंकमा पठाएको किसान लघुवित्तले त्यसमा स्वीकृति नपाएपछि लाभांस घटाइएको हो।
अब यस लघुवित्तले २० प्रतिशत बोनस दिने प्रस्ताव साधारण सभामा लैजाने भएको छ।
राष्ट्र बैंकले केही समयदेखि नै लघुवित्तको लाभांसमा कडाई गर्दै आएको छ। २० प्रतिशत भन्दा बढी लाभांस दिँदा बढी हुने लाभांस बारबरको रकमको ५० प्रतिशत ग्राहक कोषमा राख्न पर्ने व्यवस्था गरेको छ।