चिलिमे जलविद्युत कम्पनी लिमिटेडको चालु आव २०७८/०७९ को तेस्रो त्रैमासिकको प्रतिवेदन अनुसार खुद नाफा १.५६ प्रतिशतले बढेको छ।
गत वर्ष यही अवधिमा ५४ करोड ३२ लाख रूपैयाँ नाफा गरेकोमा यस पटक ५५ करोड १८ लाख रूपैयाँ नाफा भएको हो। यो भने ८६ लाख २३ हजार रूपैयाँले खुद नाफा बढी हो।
यो जलविद्युतले विद्युत बिक्री गरेर यसपटक करिब ८२ करोड ३५ लाख रूपैयाँ आम्दानी गरेको छ। गत आवको सोही अवधिमा कम्पनीले विद्युत बिक्री गरेर करिब ८० करोड ९२ लाख रूपैयाँ आम्दानी गरेको थियो। यो भनेको यसपटक १.७६ प्रतिशत बढी हो।
कम्पनीको निर्माणधीन आयोजनाको लागि भइरहेको खर्च ३८.०५ प्रतिशतले बढेको छ। गत आवको तेस्रो त्रैमासमा २२ करोड ६९ लाख ८१ हजार रूपैयाँ आयोजनामा खर्च भएकोमा यस पटक सोही त्रैमासमा ३१ करोड ३३ लाख ५० हजार रूपैयाँ पुगेको हो।
कम्पनीले वित्त क्षेत्रमा लगानी गरेर भएको आम्दानी करिब १३ करोड एक लाख रूपैयाँ बढी छ। अघिल्लो आवको सोही अवधिको तुलनामा यो २०.२४ प्रतिशतले बढी हो।
यो आवको तेस्रो त्रैमासमा कुल चालु सम्पति २.१४ प्रतिशतले बढेको छ। गत आवको सोही अवधिमा १० अर्ब ३७ करोड रूपैयाँ पुगेको थियो भने यस पटकको कुल चालु सम्पति १० अर्ब ५९ करोड रूपैयाँ पुगेको हो।
कमपनीको कुल चालु दायित्व भने यस पटक १४.१८ प्रतिशतले बढेको छ। आव २०७८/२०७९ को तेस्रो त्रैमासको कुल चालु दायित्व २९ करोड ३ लाख रूपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा भने चालु दायित्व २५ करोड ४३ लाख रूपैयाँ थियो।
कम्पनीको प्रति सेयर आम्दानी १० रूपैयाँ २१ पैसा छ भने मूल्य आम्दानी अनुपात २९.४० गुणा छ। कम्पनीले गरेको एक रूपैयाँ कमाइमा लगानीकर्तारहरूले २९ रूपैयाँसम्म तिरिरहेको यसले देखाउँछ। कम्पनीको प्रति सेयर नेटवर्थ १५० रूपैयाँ छ।