बजार न्यूनतम तहमा आइपुगेपछि सेयर लगानीकर्ताहरूले पुनः खरिददारी थालेको छ। योसँगै आइतबारबाट बजार वृद्धिको प्रयासमा छ।
एक-डेढ वर्ष यताकै सस्तो मूल्यमा सेयर पाइन थालेपछि लगानीकर्ताहरूले खरिदारी बढाएका हुन्। यद्यपि बजारले स्पष्ट दिशा लिएको छैन। यही कारण सोमबार करिब २२९० सम्म पुगेको बजारको वृद्धि टिक्न सकेन।
सोमबार बजार बन्द हुँदा नेप्से परिसूचक १२.२७ अंकले बढेर २,२६८.८४ विन्दुमा पुगेको हो। यो ०.५४ प्रतिशतको वृद्धि हो।
नेप्से बढेपनि किनबेच भएका सेयर संख्या भने घटेको छ। आज जम्मा ३३ लाख २४ हजार ८२२ सेयर किनबेच हुँदा एक अर्ब ३९ करोड ६ लाख ७ हजार रूपैयाँ कारोबार भएको छ। अघिल्लो दिन ३३ लाख ४१ हजार २१४ सेयर किनबेच भएको थियो भने एक अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँको कारोबार भएको थियो
अघिल्लो दिनको तुलनामा आज कारोबारमा आउने धितोपत्र तथा ऋणपत्र संख्या भने घटेको छ। सोमबार २२२ धितोपत्र तथा ऋणपत्र कारोबारमा आयो। यीमध्ये १३१ वटाको सेयर बढेको छ भने जम्मा ७५ वटाको मूल्य घटेको छ।
कारोबारमा आएका १३ उपसमूहहरूमध्ये होटल एन्ड टुरिजम, विकास बैंक, लाइफ इन्स्योरेन्स र इन्भेस्टमेन्टबाहेक सबैको सकारात्मक देखिएको छ। आज सबैभन्दा धेरै ट्रेडिङको १.७४ प्रतिशत र माइक्रोफाइनान्सको १.३३ प्रतिशतले बढेको हो।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आज पनि सकारात्मक सर्किट ब्रेक लागेको छ। लघुवित्तको अघिल्लो दिन पनि सकारात्मक सर्किट ब्रेक लागेको थियो। यसको लागातार मूल्य वृद्धि भइरहेको छ। यसपछि माहुली लघुवित्त वित्तीय संस्थाको ७.७७ प्रतिशत र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको ६.२७ प्रतिशतले सेयर मूल्य बढेको छ।
अघिल्लो दिन उन्नती सहकार्य लघुवित्तको सबैभन्दा धेरै ४.९२ प्रतिशतले सेयर मूल्य घटेको थियो। आज भने सबैभन्दा कम हिमालयन उर्जा विकास कम्पनीको ३.७८ प्रतिशतले सेयर मूल्य घटेको छ।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै रकमको कारोबार भएको कम्पनीमध्ये नेपाल टेलिकम, एनआइसी एशिया बैंक, हिमालयन डिस्टिलरी लिमिटेड, शिवम् सिमेन्ट, नबिल बैंक, अरुण भ्याली हाइड्रोपावर लगायत हुन्।
सोमबार टेलिकमको ७ करोड ८३ लाख ५३ हजार रूपैयाँ, एनआइसी एशिया बैंकको ५ करोड ४ लाख ८९ हजार रूपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ९५ लाख ८५ हजार रूपैयाँ, शिवम् सिमेन्टको ३ करोड ८६ लाख ७१ हजार रूपैयाँ र नबिल बैंकको ३ करोड ६९ लाख ५ हजार रूपैयाँको कारोबार भएको हो।