बिहीबार नेप्से परिसूचक १८.६४ अंकले घटेर २,३५०.४२ विन्दुमा पुगेको छ। यो भनेको ०.७८ प्रतिशतले घटेको हो।
बजार घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो दिन जम्मा दुई अर्ब १६ करोड ३९ लाख ९० हजार रूपैयाँ कारोबार भएकोमा आज दुई अर्ब ३२ करोड ८४ लाख ३४ हजार रूपैयाँको कारोबार भएको छ। बिहीबार जम्मा २२८ किसिमका धितोपत्र तथा ऋणपत्र कारोबार हुँदा ५३ लाख ३३ हजार १०९ सेयर किनबेच भएको छ।
आज ४० वटा धितोपत्र तथा ऋणपत्रको सेयर मूल्य बढेको छ भने १७४ वटाको मूल्य घटेको हो। कारोबारमा आएका १३ उपसमूहहरूमध्ये म्यानुफ्याक्चर एन्ड प्रडक्सन र अन्यबाहेक सबैको सकारात्मक देखिएको छ। आज सबैभन्दा धेरै विकास बैंकको २.१४ र लाइफ इन्स्योरेन्सको २.१२ प्रतिशतले घटेको हो।
आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सकारात्मक सर्किट ब्रेक लागेको छ। लघुवित्तको अघिल्लो दिन पनि सकारात्मक सर्किट ब्रेक लागेको थियो। यसको लागातार मूल्य वृद्धि भइरहेको छ।
कारोबार रकमको आधारमा पनि आज शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ। शिवम् सिमेन्टको आज ११ करोड १० लाख ६७ हजार रूपैयाँको कारोबार भएको हो।
यसपछि राधी विद्युत कम्पनीको ८ करोड १० लाख ३४ हजार रूपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ८ करोड ८ लाख २४ हजार रूपैयाँ, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ८३ लाख ९० हजार रूपैयाँ र ङादी ग्रुप पावर लिमिटेडको ७ करोड ४१ लाख ८५ हजार रूपैयाँको कारोबार भएको छ।