श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आइपिओ जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। संस्थाले ३ लाख ९३ हजार ७५० कित्ता सेयर जारी गर्न अनुमति मागेको हो।
उक्त सेयर जारी गरेसँगै कम्पनीको पुँजी ३ करोड ९३ लाख रूपैयाँले वृद्धि हुनेछ। कम्पनीकाे आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।
श्रृजनशील लघुवित्त वित्तीय संस्था २०७५ सालमा स्थापना भएको राष्ट्रिय स्तरको 'घ' वर्गको वित्तीय संस्था हो।
कम्पनी ऐन २०६३ अन्तर्गत वि सं २०७५ मा नेपाल सरकारको कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको हो। यसले नेपाल राष्ट्र बैंकबाट २०७५ सालमा ‘घ’ वर्गको संस्थागत इजाजतपत्र पाएको हो।