वाणिज्य बैंकहरूले जेठका लागि निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका भए पनि विकास बैंकहरूले भने सोभन्दा बढी ब्याज प्रस्ताव गरेका छन्।
वाणिज्य बैंकहरूले विगत तीन महिनादेखि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशत र रेमिटेन्स खातामा १२.०३ प्रतिशतसम्म व्याजदर प्रस्ताव गरेका छन्।
विकास बैंकहरूले भने जेठका लागि ब्याजदर बढाएका हुन्। वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपमा १२ प्रतिशतभन्दा कम ब्याजदर प्रस्ताव गरेका विकास बैंकहरूले जेठका लागि औसतमा १२.१ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन्।
रेमिटेन्स खातामा पनि १२ प्रतिशतभन्दा कम ब्याज दिइरहेका विकास बैंकहरूले १३ प्रतिशतमाथि ब्याजदर प्रस्ताव गरेका हुन्।
कर्णाली विकास, लुम्बिनी विकास, सांग्रिला, साइन रेसुंगा, सिन्धु विकासले ब्याजदर बढाएका हुन्।
त्यस्तै मुक्तिनाथ, महालक्ष्मी र गरिमा विकास बैंकले पनि ब्याजदर बढाएका छन्।