एनएमबि बैंकले माइती नेपालका दिदीबहिनीहरु का लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ५३ जनाको सहभागीता थियो।
बैंकको लघुवित्त विभागले आयोजना गरेको उक्त कार्यक्रममा सहभागी भएकाहरुलाई बचत, लगानी कर्जा तथा अन्य बैंकिङ सेवाका विषयमा जानकारी दिइएको हो।
कार्यक्रममा माइती नेपालकी सस्थापक अनुराधा कोईराला, कार्यकारी सञ्चालक विश्वराम खड्का, कार्यक्रम सञ्चालक युवराज कोईरालाको उपस्थिति थिया। एनएमबि बैंकका तर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल र नबिन पन्थिको उपस्थिती थियो।
बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंकले बताएको छ।
एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाबाट नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरेको थियो। एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फतसेवा प्रदान गर्दै आइरहेको छ।