राष्ट्र बैंकको सञ्चालक समितिमा सरकारले बैंककै पूर्व डेप्युटी गभर्नर चिन्तामणी शिवाकोटी र पूर्व कार्यकारी निदेर्शक डा. शंकर प्रसाद आचार्यलाई नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले शिवाकोटी र आचार्यलाई नियुक्त गरेको हो।
यसअघिका सञ्चालक श्रीराम पौडेल र रामजी रेग्मीको सेवाअवधि सकिएसँगै नयाँ सञ्चालक नियुक्त भएका हुन्। सञ्चालकहरूको पदावधि ५ वर्षको हुने व्यवस्था छ।