हिमालयन बैंकले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम तथा शैक्षिक सामाग्री वितरण सम्पन्न गरेको छ।
बैंकले नगरपालिकाको वडा नं. ०२ स्थित जनसेवा माध्यामिक विद्यालयमा उक्त वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम शुक्रबार सम्पन्न गरेको हो।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले कार्यक्रम गरिएको बैंकको भनाई छ।
शुक्रबार सम्पन्न कार्यक्रम मुख्यरुपले विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु तथा अभिभावकहरुको लागि आयोजना गरिएको थियो। कार्यक्रममा अभिभावकहरु, शिक्षक,शिक्षिकाहरु, विद्यार्थीहरु लगायत करिब १५० जनाको सहभागिता थियो।