बुधबार नेप्से परिसूचक २.१५ प्रतिशतले बढेको छ। आज नेप्से परिसूचक ४१.३९ अंकले बढेर १,९६२.७१ बिन्दुमा पुगेको हो।
नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ। मंगलबार एक अर्ब ५ करोड ८२ लाख ६३ हजार रुपैयाँको कारोबार भएकोमा आज एक अर्ब ४३ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ। आज २२८ किसिमका धितोपत्र तथा ऋणपत्रको ४३ लाख ८६ हजार ४३९ सेयर किनबेच भएको छ।
कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये २०६ वटाको मूल्य बढेको छ भने जम्मा १२ वटाको मूल्य घटेको छ। आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य वृद्धिमा सकारात्मक सर्किट ब्रेक लागेको छ। यसपछि सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले बढेको छ।
आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको मूल्य बढेको छ। ट्रेडिङको आज ६.५६ प्रतिशत, विकास बैंकको ४.४३ प्रतिशत र फाइनान्सको ४.१४ प्रतिशतले बढेको हो।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै न्यादी ग्रुप पावरको ५ करोड ४२ लाख ७६ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
यसपछि एसियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख ५८ हजार रुपैयाँ, नेपाल रिइन्स्योरेन्स कम्पनीको ४ करोड ७० लाख ४४ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ६३ लाख ६९ हजार रुपैयाँ र हिमालयन डिस्टिलरी लिमिटेडको ४ करोड ५५ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ।