नेप्से कारोबारको लागि साताको अन्तिम दिन सेयर बजार घटेको छ। शुक्रबार नेप्से परिसूचक ८.८७ अंकले घटेर २,०२८.७७ बिन्दुमा पुगेको हो।
आज जम्मा दुई घण्टा बजार खुल्दा २२१ किसिमका धितोपत्र तथा ऋणपत्रको ३६ लाख ६३ हजार २२० सेयर किनबेच भएको छ। कारोबार रकम भने एक अर्ब ४५ करोड ९३ लाख १२ हजार रुपैयाँ पुगेको छ।
कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये जम्मा ७३ वटाको मूल्य बढेको छ भने १४० वटाको मूल्य घटेको छ। आज आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ।
त्यस्तै, कारोबारमा आएका १३ उपसमूहहरूमध्ये आज ट्रेडिङ, फाइनान्स र माइक्रो-फाइनान्सबाहेक सबैको मूल्य घटको छ। ट्रेडिङको १.३९ प्रतिशत, फाइनान्सको ०.४६ प्रतिशत र माइक्रोफाइनान्सको ०.६६ प्रतिशतले बढेको हो। सबैभन्दा धेरै विकास बैंकको भने १.३९ प्रतिशतले सेयर मूल्य घटेको हो।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्टको ५ करोड ५७ लाख ४७ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
यसपछि एसियन लाइफ इन्स्योरेन्सको ५ करोड २२ लाख ५६ हजार रुपैयाँ, नेपाल रिइन्स्योरेन्स कम्पनीको ४ करोड ९० लाख ४८ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ६२ लाख २ हजार रुपैयाँ र एनआइसी एसिया बैंकको ४ करोड ५१ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ।