एभरेष्ट बैंकले मंगलबार ललितपुरस्थित मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ।
ललितपुर वडा नं. १६ का अध्यक्ष र्निमल रत्न शाक्य, ललितपुर चेम्बर अफ कर्मसका अध्यक्ष मनोज बहादुर न्याछोन र एभरेष्ट बैंकका सन्चालक उर्मिला श्रेष्ठले संयुक्त रुपमा मंगलबजार एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन्।
उक्त उद्घाटन समारोहमा स्थानीय व्यावसायी अजर मान जोशी, एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बिजय कुमार गौतम, बैंकका बागमती प्रदेशका प्रादेशिक-प्रबन्धक सन्तोष कुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिती थियो।
बैंकमा करिब १२ लाख सन्तुष्ट ग्राहकहरू रहेको बैंकको दाबी छ। बैंकले हाल ११६ शाखा संजाल, प्रादेशिक कार्यालय, १५० एटिएमसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल र इन्टरनेट बैंकिङ सुविधा उपलब्ध गराइरहेको छ।