राष्ट्र बैंकले लघुवित्त संस्थाहरूले अधिकतम १५ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने व्यवस्था गरेको भएपनि १० लघुवित्त कम्पनीले सोभन्दा बढी ब्याजदरमा कर्जा जारी गरिरहेको पाइएको छ।
राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७-७८ को निरिक्षण तथा सुपरिवेक्षण प्रतिवेदनमा यस्तो उल्लेख छ।
डिप्रोक्स, मिथिला, फरवार्ड, लक्ष्मी, सूर्योदय, मानुषी, यूनिक, सामुदायिक, बुद्धज्योति र नेष्डो लघुवित्तले नियम विपरित १५.०१ प्रतिशतदेखि १५.६७ प्रतिशतसम्म ब्याजदर लिइरहेको भेटिएको हो। त्यस्तै, प्रतिवेदन अनुसार ११ वटा लघुवित्तको निष्क्रिय कर्जा सीमाभन्दा माथि रहेको भेटिएको छ। आत्मनिर्भर, नेपाल एग्रो, मानुषि, सुपर, कालिका, सामुदायिक, नेष्डो,यूनिक,बिपिडब्लु,नेरुडे र बुद्ध ज्योतिको यस्तो सीमा नाघेको हो। यिनको ५.०७ देखि ८.८१ प्रतिशत निष्क्रिय कर्जा छ।
कुल ७० वटा लघुवित्त संस्थाहरूको निष्क्रिय कर्जा भने ८७.८३ प्रतिशतले बढेर नौं अर्ब ९५ करोड रूपैयाँ पुगेको छ। कम्पनीहरूले कुल तीन खर्ब ६५ अर्ब कर्जा लगानी गरेका छन्।