नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।
सोमबार अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२८ रुपैयाँ ७९ पैसा र बिक्रीमा १२९ रुपैयाँ ४१ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ४० पैसा र बिक्रीमा ८७ रुपैयाँ ८१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८० पैसा र बिक्रीमा ९८ रुपैयाँ २७ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १५२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ५० पैसा र बिक्रीमा ३४ रुपैयाँ ६६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ३८ पैसा र बिक्रीमा २८ रुपैयाँ ५२ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ २६ पैसा र बिक्रीमा ४१४ रुपैयाँ २१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३३७ रुपैयाँ ८ पैसा तोकिएको छ।